बाँगे पोखरा सामुदायिक मिलन चौतारीको अध्यक्षमा नरहरि पनेरु
पाेखरा | मंसिर २४, २०८१
पोखरा: बाँगे पोखरा सामुदायिक मिलन चौतारीको १५ औं साधारण सभा तथा ७ औं अधिवेशनले नरहरि पनेरुको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको प्रथम उपाध्यक्षमा चेतनदास शर्मा, द्धितिय उपाध्यक्षमा सीता शर्मा, सचिवमा राजकुमार क्षेत्री, सहसचिवमा बिक्रम (नरबहादुर) क्षेत्री, कोषाध्यक्षमा राम प्रसाद लामिछाने चयन भएका छन । त्यसैगरी कार्यसमिति सदस्यहरुमा प्रेम बहादुर बिक, डासिराम क्षेत्री, देउ बहादुर क्षेत्री, ठग बहादुर गुरुङ, ज्ञानु क्षेत्री, मनकाजि सुनार र सु. खड्क बहादुर गुरुङ निर्वाचित भएका छन ।
बाँगे पोखरा सामुदायिक मिलन चौतारीका अध्यक्ष चन्द्रा गुरुङको अध्यक्षता तथा सस्थाका जेस्ठसदस्य श्री पुर्ण बिर गुरुङ्को प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा बिशेष अतिथि फेदिखोला गाउँपालिका वडा न ५ का वडा अध्यक्ष डिल ब गुरुङ ले पोखरा रहेरपनि आफ्नो जन्मभुमि प्रति अथाह माया गर्ने सस्थाले बिगतमा भन्दा अझै राम्रो र गाउकेन्द्रीत कार्यक्रम गर्न उत्प्रेरित गरेका थिए ।
त्यसैगरि बुद्दि ब गुरुङ धर्मदत्त तिमिल्सिना प्रेम ब क्षेत्री, चिजा गुरुङ बिल ब गुरुङ कृस्ण बहादुर क्षेत्री खड्क गुरुङ लगायतले सस्थाको उद्देस्य अनुसार सामाजिक कार्य गर्दै आइरहेको र यसलाइ निरन्तरता दिदै सस्थालाइ अझै उचाइमा पुर्याउन नया निर्बाचित समिति लाग्नुपर्ने बताएका थिएभने स्वागत नरहरि पनेरु तथा सन्चालन चेतनदास शर्माले गरेका थिए ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

